गुगल तस्विर ।

हेटौंडाः मकवानपुरको भीमफदी गाउँपालिकास्थित भीमफेदी कारागारमा सजाय काटिरहेका एक जना थुनुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाका गढीमाई नगरपालिका–१० का ४५ वर्षीय अजय प्रसाद जैसवाल रहेको भीमफेदी कारागार प्रमुख मदन लामा थिङले जानकारी दिनुभयो ।

सोमबार बिहान शौचालय जाँदा लडेर बेहोस भएका जैसवाललाई भीमफेदीमा उपचारपछि हेटौंडा अस्पतालमा ल्याउँदा उपचारको क्रममा उनको ज्यान गएको जनाइएको छ । जैसवालको शव परिवारले बुझिसकेको प्रमुख थिङले बताउनुभयो । जैसवाल गत वर्षको भदौ महिनादेखि लागुऔषध मुद्दामा सजाय काटिरहेको थियो । कारागारमा सोमबारसम्म ९ सय ९८ जना कैदी तथा थुनुवाहरुले सजाय काटिरहेका प्रमुख थिङले बताउनुभयो ।