प्रमूख जिल्ला अधिकारी भरतमणि पाण्डेले सार्वसाधारणलाई मास्क वितरण गर्नुहुँदै । फाइल तस्वीर ।

हेटौैंडाः मकवानपुरमा सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्नेलाई जरिवाना गर्न सुरु गरेकोे छ । सोमबार मकवानपुर प्रहरीले सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्ने ५९ जनालाई जनही एक सय रुपैयाँका दरले कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्र्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले मास्क नलगाई हिँड्डुल गर्नेलाई जरिवाना गराइएकोे जनाइएको छ । उनीहरुलाई कोभिड–१९ संक्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरी प्रवक्ता रिमालले बताउनुभयो । आइतबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मकवानपुरको बैठकले जिल्लाका सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्नेलाई कारबाही गर्ने निर्णय गरेको होे ।