हेटौंडाः सर्जिकल मास्क महंगोमा विक्री गरेको भन्दै मकवानपुर प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले बुधबार बिहान १० बजेको समयमा हेटौंडा–१ स्थित सम्पूर्ण फार्मेसीकी सञ्चालक सजिता पोखरेललाई पक्राउ गरेको जनाएको छ ।
यसअघि मंगलबार साँझ हेटौंडा–१ का दुईजना फार्मेसी सञ्चालकलाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध कालोबजारी ऐन अन्तर्गत कारवाहीको प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ ।