जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको अपिल ।

हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र भिडभाड नगर्न अपिल गरेको छ । कोेरोना संक्रमणको दर फेरी बढ्न थालेको भन्दै भिडभाड हुने गतिविधि नगर्न अपिल गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सोमबार सूचना जारी गर्नुभएको छ ।

‘कोभिड–१९ को संक्रमण बढ्दो क्रम रहेको सन्दर्भमा यस जिल्लाभित्र कोभिड–१९ न्युनीकरण गर्न र जनजीवन सामान्य तुल्याइराख्न बढी भिडभाड हुने गतिविधि नगर्न, नगराउन हुन, भौतिक दूरी कायम राख्न एवम् मास्कको प्र्रयोग गर्न, गराउन हुन र सबै क्षेत्रहरुमा जनस्वास्थ्यका मापदण्डहरु पूर्णरुपमा पालना गरी उच्च सतर्कता अपनाउन अपिल छ’, प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।