फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरमा सोमबार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४२ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा १३ जनामा र ४३ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा सात जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १३ जना र मनहरी गाउँपालिकाका सात जना रहेका छन् । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ६ सय ४४ जना पुगेको छ ।

जिल्लामा हाल ७९ जना कोरोना भाइरस संक्रमणका सक्रिय संंक्रमित रहेका छन् । जसमध्ये चार जना संस्थागत आइसोलेसनमा र ७५ जना होमआइसोलेसनमा उपचाररत छन् ।

यसै अवधिमा दुई जनाले कोरोनालाई जितेका छन् । योसँग जिल्लामा कोरोना जित्नेको कुल संख्या १५ हजार ३ सय ३२ पुगेको छ ।