हेटौंडाः बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा श्याम नारायण श्रेष्ठ नियुक्त हुनुभएको छ ।
बागमती प्रदेश सरकारले श्रेष्ठलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गर्ने निर्णयअनुसार सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले सपथ ग्रहण गराउनुभएको छ । श्रेष्ठ धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका–२ का स्थायीवासी हुनुहुन्छ ।