एक दिन अबेरसम्म दरबारमा वीरबल आइपुगेका थिएनन् ।वीरबलको अनुपस्थितिमा उनको बारेमा कुरा काट्ने र ईष्र्या गर्ने मन्त्री र भारदारहरुको कमी हुँदैनथ्यो । वीरबलबको अनुपस्थितिमा एक जना मन्त्रीले राजा अकबरको सामुन्नेमा हात जोड्दै भने, “महाराज १ हजुर जहिलै वीरबलको तारीफ गर्नुहुन्छ । आज म तीनओटा प्रश्न सोध्छु जसको जवाफ दिन वीरबलको हजुरबा आए पनि सक्दैनन् ।”

मन्त्रीका कुरा सुनेर अकबर मुसुमुसु हाँसे । उनले भने, “सुन्दर विचार । तिमीले प्रश्न सोधेर वीरबललाई हरायौ भने तिमी प्रधानमन्त्री हुने छौ ।”

केहीबेरपछि वीरबल आइपुगे । वीरबल आइपुग्नासाथ अरु भारदारहरु हाँसे । वीरबलले उनीहरु किन हाँसे केही पनि वास्ता गरेनन् । अकबरलाई सलाम गरे र आफ्नो आसनमा बसे ।

“वीरबल १ आज एक जना मन्त्रीजी तिमीलाई प्रश्न गर्दैछन् । तिमीले यी प्रश्नको उत्तर दिन सकेनौ भने तिम्रो पद यिनले लैजाने छन् तयार ?”अकबरले सोधे । वीरबलले टाउको हल्लाए र सजिलै चुनौति स्वीकारे ।

मन्त्री जुरुक्क उठे र प्रश्न गर्न थाले । “आकाशमा कति तारा छन् रुधर्तीको केन्द्रबिन्दू कहाँ छ ? संसारमा स्त्री र पुरुषको संख्या कति छ ?”

 वीरबल जुरुक्क उठे । उनले सबैतिर आँखा घुमाए । “लौ यसपालिचाँहि वीरबल हार्ने भएँ भारदार र मन्त्रीहरु खासखुस गर्न थाले ।

“लौ मलाई तुरुन्त एउटा भेडा झिकाइदिनुहोस्” वीरबलले भने । उनको आदेश पाउनासाथ एक जना सिपाहीले दरबारकै संरक्षणमा रहेको एउटा भेडो ल्याइदिए । भेडो ल्याएपछि उनले प्रश्नकर्ता मन्त्रीलाई अघि बोलाए र भेडो समात्न लगाए । “लौ मन्त्रीजी १ तपाईलाई आकाशको तारा गन्न गाह्रो भयो । यो भेडाको शरीरको रौँ गन्नुहोस् यसको शरीरमा जति रौँ छ त्यति नै आकाशमा तारा छन् ।” वीरबलले भने । उनको समाधान सुनेर हाँसोको फोहोरा छुट्यो । प्रश्नकर्ता मन्त्री भने रातो अनुहार बनाए र लगभग काँप्न थाले । त्यसपछि वीरबलले सभासद् र राजालाई बाहिर मैदानमा लगे ।

उनलाई एउटा लामो लठ्ठी हातमा लिएर कहिले पूर्व कहिले पश्चिमतिर नापेजस्तो गरे । उनी के गर्दैछन् हेर्ने मानिसहरुले केही बुझेनन् । निकै लामो समयपछि उनले एउटा लठ्ठीलाई तीखो बनाए र गाडिदिए । उनी प्रश्नकर्ता मन्त्रीतिर फर्र्किए र भने,“लौ धर्तीको केन्द्र भाग यही हो । तपाईलाई हो कि होइन भन्ने दुबिधा भयो भने नाप्नुहोस् र निष्कर्ष निकाल्नुहोस् ।” यो समाधान सुनेपछि मन्त्री चकित भए र अकबर ज्यान हल्लाएर हा“स्न थाले । दोस्रो प्रश्नको उत्तर पनि दिएपछि उनीहरु दरबारभित्रको सभाहलमा पसे । अब उनले तेस्रो प्रश्नको उत्तर कसरी देलान् ? मानिसहरु खासखुस गर्न थाले ।

“हे सम्राट् यो दुनियाँमा स्त्री र पुरुष मात्रै छैनन् । न स्त्री न पुरुष पनि छन् । तीमध्ये हाम्रा प्रश्नकर्ता मन्त्रीजी पनि पर्छन । लौ यिनलाई सिध्याइहालू“ त्यसो भए पुरुष र स्त्रीको संख्या म यकिन गरिदिने छु ।” वीरबलले भने । उनको कुरा सुन्नासाथ मन्त्रीजीले दुहाइ महाराज । मैले वीरबलस“ सकिन भनेर चिच्याए । अकबर हाँसिरहे ।