हेटौंडाः समृद्ध नेपालका लागि नयाँ पाइलाले शुक्रबार हेटौंडाको बुद्धचोकमा निःशुल्क दन्त परीक्षण, मधुमेह, रक्तचाप परीक्षण शिविरको आयोजना गरेको छ ।

शिविरमा १ सय ३४ जनाले सेवा लिएका छन् । ८२ जनाले दन्त परीक्षण गराएका छन् भने १ सय ५२ जनाले मधुमेह तथा रक्तचाप परीक्षण गरेका छन् । शिविरको उद्घाटन कार्यक्रम समृद्ध नेपालका लागि नयाँ पाइलाका उपध्यक्ष निश्कर्ष लामाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यमा भएको थियो । उज्ज्वल डेन्टल केयर एण्ड अर्थोडेण्टीस सेन्टर र डाइनामिक सर्जिकल हाउसले शिविरको आयोजनाका लागि सहयोग गरेको हो ।