प्रहरीले नियन्त्रणमा लिइएका ट्याक्टर ।

हेटौंडाः अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने १० वटा ट्याक्टर र दुई वटा टिपरलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिबार मकवानपुरको छ्टटाछुट्टै स्थानबाट १० वटा ट्याक्टर र २ वटा टिपरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहीबार बिहान ८ बजेर ४० मिनेटको समयमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा मनहरी खोलामा बालुवा लोड गर्दै गरेको ना ६ त २२८६ नम्बरकोे ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाइएको छ । यस्तै बिहीबार बिहान १० बजेर १० मिनेटको समयमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा हेटौंडा–१९ राप्ती खोलामा ढुङ्गा लोड गर्दै गरेको अवस्थामा सात वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको जनाएको छ । ना ६ त ७३४२, ना ६ त ३५७१, ना ६ त ९४३, ना ६ त ५८२०, ना ५ त ९१६८, बागमती प्रदेश २ ००३ ००१ त ५३१७ र प्रदेश नम्बर २ ००३ ००१ त ३५०३ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

यस्तै बिहीबारनै ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले दिउँसो १२ बजेर ३० मिनेटको समयमा हेटौंडा–१४ वनस्पतीबाट दुई वटा ट्याक्टर र दुई वटा टिपरलाई नियन्त्रणमा लिएको जनाइएको छ । बागमती प्रदेश ०३–००१ ख ०१९१, बागमती प्रदेश ०३–००१ ख १२४१ नम्बरको ट्याक्टर, ना ७ त १७१५ र ना ६ त १७२६ नम्बरको टिपरलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

नियन्त्रणमा लिएको ट्याक्टर र टिपरलाई आवश्याक कारवाहीका लागि जिल्ला समन्वय समिति मकवानपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिनुभएको छ ।