रक्तदान गरिँदै ।

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार दुई स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा ५४ युनिट रगत संकलन भएको रक्तसञ्चार केन्द्र हेटौंडाले जनाएको छ ।

हेटौंडा–४ स्थित छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजना भएको कार्यक्रममा २९ युनिट र हेटौंडा–९ स्थित दुगड गु्रपको आयोजनामा भएको कार्यक्रममा २५ युनिट रगत संकलन भएको रक्तसञ्चार केन्द्रले जनाएको छ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औं वार्षिक साधारणसभा तथा छिमेक कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम भएको हो ।