हेटौंडाः हेटौंडा–८, कमानेस्थित किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार संस्थाका अध्यक्ष मोतिलाल लामाको सभाध्यक्षता तथा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण देवकोटाको प्रमुख आतिथ्यमा साधारणसभा आयोजना भएको हो ।
संस्थाले गत आर्थिक वर्ष २०७७÷०७८ मा ८ करोड २१ लाख ६८ हजार रुपैयाँ कारोबार गरेको छ । संस्थाका अध्यक्ष मोतिलाल लामाले संस्थाको प्रगति प्रतिवेदन पेश गर्नुहुँदै गत असार मसान्तसम्म संस्थामा १ हजार २ सय २० जना सेयर सदस्य रहेको जानकारी दिनुभयो । उक्त समयसम्म सेयर पुँजी ९१ लाख २० हजार रुपैयाँ रहेको छ । संस्थाले केही समयमा नै तेल स्थापना गरी चालु आर्थिक वर्षमै तेल बिक्रिबाट ३५ लाख रुपैयाँको कारोबार गर्ने लक्ष्य लिएको पनि उहाँले बताउनुभयो । यसका लागि आवश्यक प्रक्रियाहरु अगाडि बढाइसकेको पनि उहाँले जानकारी दिनुभएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य गणेश कुमारी श्रेष्ठ, हेटौंडा–८ का वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठ, वडा सदस्यहरु, राष्ट्रिय सहकारी बैंकका मकवानपुर शाखा प्रवन्धक रामेश्वर अर्याल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपानेको पनि आतिथ्य रहेको थियो ।