हेटौंडाः अबैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ६ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले राप्ती खोलामा नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले ना ६ त ३७८३, ना ४ त ५७०७, ना ६ त २९१७, ना ६ त १०५१, ना ७ त ५९७२ र एउटा नम्बर नै नलेखिएको ट्याक्टर नियन्त्रणमा लिएको छ । आवश्यक कारवाहिका लागि जिल्ला समन्वय समिति मकवानपुरको कार्यालय पठाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।