बागमती प्रदेश सभाको बिहीबार बिहानको बैठक अवरुद्ध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ।

हेटौंडाः बागमती प्रदेश सभामा मुख्यमन्त्री र प्रतिपक्षी दलबीच लुकामारी चलेको छ ।

प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएको विषयमा मुख्यमन्त्रीको जवाफ मागेको विषयमा मुख्यमन्त्री जवाफ दिन प्रदेश सभामा उपस्थित नभएको भन्दै बिहीबारको पहिलो वैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सभा अवरुद्ध गरेको थियो भने बिहीबार नै बसेको दोस्रो वैठकमा प्रमुख प्रतिपक्षी दल अनुपस्थित हुँदा मुख्यमन्त्रीले जवाफ दिने कार्यसूचि सभामुख सानुकुमार श्रेष्ठले हटाउनुभएको छ ।

बागमती प्रदेश सभाको बिहीबार दिउँसोको बैठकमा बोल्नुहुँदै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे ।

बिहीबार बिहान ११ बजे बसेको वैठकमा मुख्यमन्त्री अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केशवराज पाण्डेले मुख्यमन्त्रीको आलोचना गर्नुभएको थियो भने बिहीबार दिनको ४ बजे बसेको दोस्रो वैठकमा प्रश्न सोधेर प्रतिपक्षी दल प्रदेश सभामा अनुपस्थित भएको भन्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्षीको आलोचना गर्नुभएको छ ।