हेटौंडाः एमाले मकवानपुरले पुस २३ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने भएको छ । शुक्रबार पार्टी कार्यालय मकवानपुरमा बसेको सचिवालय बैठकले केन्द्रिय कमिटीको निर्णय अनुसार पुस २३ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको मकवानपुरका इन्चार्ज तथा केन्द्रिय सदस्य रामेश्वर रानाले बताउनुभयो ।

यस्तै पुस ७ गते अधिवेशनको सन्दर्भमा जिल्ला बैठक बस्ने भएको छ । यस्तै १६ गते प्रतिनिधिको तय गर्न बैठक बस्ने निर्णय गरेको एमाले मकवानपुरका अध्यक्ष बद्रि लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रिय कमिटीले गरेको निर्णयको कार्यान्वयन गर्ने जिल्ला कमिटीले निर्णय भएको छ ।