
हेटौंडाः सातौं हेटौंडा भेट्रान्स ‘८ ए साइड’ राष्ट्रिय रनिङशिल्ड फुटबल प्रतियोगितामा आज ४ खेल हुँदैछन् । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन आज पहिलो चरणका २ र दोस्रो चरणका दुई खेल गरी ४ खेल हुने जनाइएको छ ।
हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा जारी प्रतियोगितामा आजको पहिलो खेल बुटवल भेट्रान्स र वालिङ भेट्रान्सबिच हुँदैछ । दोस्रो खेलमा बगर भाई खलक बीले एबिसी पोखराको सामना गर्नेछ । जारी प्रतियोगितामा एबिसीले दोस्रो खेल खेल्दा बगर भाईले पहिलो खेल खेल्दैछ ।
आजको तेस्रो खेलमा बगर भाई खलक ए र आयोजक हेटौंडा भेट्रान्स ए टिमबिच प्रतिस्पर्धा हुँदैछ । चौथो तथा आजको अन्तिम खेलमा आयोजक हेटौंडा भेट्रान्स बी र बानेश्वर भेट्रान्सबिच सेमिफाइनल प्रवेशका लागि भिडन्त हुने छ ।