विजुली स्कुटरको शोरुम उद्घाटन गरिँदै ।

हेटौंडाः विजुलीबाट चल्ने पियोर ब्राण्डको स्कुटरको हेटौंडामा पनि विक्री सुरु गरिएको छ । सोमबारबाट बाघभैरव इलेक्ट्रिक मोटर्सले हेटौंडा–५, कान्तिराजपथमा स्कुटरको शोरुम उद्घाटन गरेको छ । नेपाल चेम्बर अफ कमर्स मकवानपुरका अध्यक्ष विजय कुमार श्रेष्ठ र मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले संयुक्त रुपमा शोरुमको उद्घाटन गर्नुभएको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा वातावरणीय प्रदुषणको जोखिम विपरित विद्युतको खपत बढाउन आवश्यक हुनुका साथै उपभोक्ताको बढ्दो आकर्षणका बीच विद्युतीय स्कुटरको व्यवसाय सुरु गरिएको बाघभैरव ईलेक्ट्रिक मोटर्सका सञ्चालक श्याम लोहनीले बताउनुभएको छ । भारतमा उत्पादन भएको पियोर कम्पनिका २ वटा मोडलको स्कुटर अहिले विक्रीका लागि राखिएको लोहनीले जानकारी दिनुभएको छ ।