हेटौंडाः मकवानपुरमा नेपाल बुद्धिजीवी परिषद्को जिल्ला भेला भएको छ । हेटौंडामा भएको बुद्धिजिवीको जिल्ला परिषद् भेलामा बोल्दै एमालेको केन्द्रिय सदस्य रामेश्वर रानाले एमालेले नै समाजलाई रुपान्तरण गर्ने बताउनुभएको छ । एमाले प्रतिपक्षको बेन्चमा बसेपनि जनताले एमालेले नै समाजलाई रुपान्तरण गर्न सक्छ भनेर विश्वास गरेको बताउनुभयो ।
एमालेलाई एकताबद्ध भएर अघि बढाउन बुद्धिजीवीहरुको भूमिका महत्वपूर्ण भएको केन्द्रिय सदस्य रानाले बताउनुभयो । भेलालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति मकवापनुरका प्रमुख रघुनाथ खुलालले मकवानपुरको विकास रोक्नेहरुलाई बुद्धिजीवी भन्न नसककिने बताउनुभयो । बुद्धिजीवीहरुले मकवानपुरको विकासको सुरुङ मार्ग र विद्युतीय बस खरिद प्रक्रिया रोक्ने विरुद्धमा आवश्यक सुझाव दिनुपर्ने बताउनुभयो ।
यस्तै एमाले अहिले ५ वटा दलसँग एक्लै प्रतिस्पर्धा गर्नुपरेको भन्दै एमालेलाई एकताबद्ध भएर अघि बढ्न तथा समाजलाई सामाजिक र आर्थिक रुपान्तरण गर्न बुद्धिजीवीहरुले आवश्यक सुझाव दिनुपर्ने एमाले प्रदेश कमिटी सदस्य भोजराज ढकालले बताउनुभयो ।
कार्यक्रममा एमाले मकवानपुरको सचिव एकलाल श्रेष्ठलगायत जिल्लाका बुद्धिजीविहरुको उपस्थिति रहेको थियो । भेलाले एमालेको १० औं महाधिवेशनमा सहभागि हुनेबारे समेत छलफल गरेको छ ।