सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा शुक्रबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५० जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ५ जनामा र ६ जनामा गरिएको एन्टिजेन विधिबाट परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका २ जना रहेका छन् । यस्तै थाहा नगरपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकाका समान १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ४ सय ४३ जना पुगेको छ ।

यसै अवधिमा जिल्लामा संस्थागत आइसोलेसनमा उपचाररत १ जना कोरोना संक्रमित कोरोनामुक्त भएको छ । हालसम्म कोरोनामुक्त हुनेको कुल संख्या १५ हजार १ सय ८२ जना पुगेको छ । जिल्लामा अहिले ३४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३२ जना होम आइसोलेसनमा र २ जना संस्थागत आइसोलेनमा उपचाररत छन् ।