हेटौंडाः प्रेस सेन्टर नेपाल मकवानपुरको पाँचौ जिल्ला सम्मेलनले पुनः अञ्जली थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आयोजित सम्मेलनले २१ सदस्सीय कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा राजकुमार केसी र शुभलक्ष्मी विश्वकर्मा, सचिवमा एमपी शर्मा, कोषाध्यक्षमा अशोकसुजन श्रेष्ठ, सहसचिवमा रुपा गुरुङ र दिलबहादुर लामा, सदस्यहरुमा सरला अधिकारी, नवराज वाईबा, उमेश राई, अर्जुन संजेल, नुजाता सुवेदी, मुकेश गोले, पविना लामा, ओम फुयाँल, राजेश गरिब, मञ्जु मैनाली, मनिता दानी, सानुबाबु मुक्तान र मुक्तिनाथ उप्रेती रहेका छन् ।

त्यस्तै, सम्मेलनले प्रेस सेन्टरको केन्द्रीय प्रतिनिधितर्फ कौशल पाण्डे, नवराज शर्मा तिमल्सिना, कमलचन्द्र सुमन, ऋषिराम पोखरेल, भानुभक्त आचार्य र कृष्ण सारु मगरलाई चयन गरेको छ भने प्रदेश प्रतिनिधितर्फ ध्रुब अधिकारी, राजु शाश्वत लामिछाने, ईच्छापूर्ण कार्की, यादब चौलागाई, मिना श्रेष्ठ, अशेष ढुङ्गाना, भावना रिजाल, रञ्जिता डंगोल र अजिव भट्टराई चयन गरिएको छ ।