हेटौंडा : हेटौंडा –१० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट आज २६ जनाको स्वाब सङ्कलन गरिएको छ ।
१३ जना महिला १३ जना पुरुषको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।