हेटौंडा : मकवानपुरमा शुक्रबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८ जनामा गरिएको पिसीआर परिक्षणमा १२ जनामा संक्रमण देखिएको र ३३ जनामा गरिएको एन्टिजेन परिक्षणमा भने संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण हुनेमा हेटौंडा उपमहानगरपालिकाका ११ जना र मनहरी गाउँपालिकाका १ जना रहेका छन् । हाल संस्थागत आइसोलेसनमा ५ र होम आइसोलेसनमा ६९ जना कोरोनाका संक्रमित रहेका छन् । यस्तै, शुक्रबार होम आइसोलेसनमा बस्ने ६ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । हाल जिल्ला भरी ७४ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।