हेटौंडा: हेटौंडा – १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट बिहीबार १७ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।
८ जना महिला र ९ जना पुरुषको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाइले जानकारी दिनुभयो । बिहीबार कोरोना परिक्षणको लागी स्वाब सङ्कलन गराएकाहरुको कोरोना परिक्षणको रिपोर्ट शुक्रबार दिउँसो आउने छ ।