हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने पक्रिया सुरु भएको छ ।

आज बसेको प्रदेश सभाको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव टेबल गर्नुभएको हो । प्रस्ताव टेबल गरेसँगै बागमती प्रदेश सभा बैठक सभामुख सानुकुमार श्रेष्ठले कार्तिक ४ गते बस्नेगरी स्थगन गर्नुभएको छ ।