हेटौंडाः अखिल क्रान्तिकारी अनेरास्ववियू देवकी माध्यमिक विद्यालय कमिटीले दशैको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । आइतबार बागमती–५ स्थित देवकी माविमा भएको कार्यक्रममा दशै, तिहार तथा छठ पर्वका उपलक्ष्यमा शुभकामना आदानप्रदान भएको हो ।
अखिल क्रान्तिकारी देवकी मावि विद्यालय कमिटीका अध्यक्ष डोल्मा पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्य ज्ञान सागर भोलन, नेकपा माओवादी केन्द्र बागमती गाउँपालिकाका अध्यक्ष अरुण बल, अनेरास्ववियू क्रान्तिकारी मकवानपुरका उपाध्यक्ष रोजल तामाङ, अनेरास्ववियू क्रान्तिकारी बागमती गाउँपालिकाका अध्यक्ष निकास भोलन, बागमती–५ का वडाध्यक्ष बुद्धिमान माझी, बागमती–४ का वडाध्यक्ष रहरमान थिङ, देवकी माविका प्रधानाध्यक चन्द्र थापा लगायत विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।











