
हेटौंडाः हेटौंडा–११ मा टोलस्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । वडाभित्र रहेका ९ वटा टोलको भलिबल टिमबीच लिग कम नकआउट प्रणालीमा प्रतियोगिताको आयोजना गरिएको संयोजक सज्जन रिमालले जानकारी दिनुभएको छ ।
शनिबार वडा अध्यक्ष गोकर्णप्रसाद पराजुलीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन खेल कृष्णमन्दिर टोल विकास संस्था र सरस्वती टोल विकास संस्थाबीच भएको थियो । कृष्णमन्दिर टोेल विकास संस्थाको आयोजना तथा वडा कार्यालयको प्रायोजनमा भएको प्रतियोगिताको सोमबार हुने फाइनल खेलको विजेता टिमले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने प्रतियोगितामा द्वितीय र तृतीय हुने टिमले क्रमशः १० र ५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने संयोजक रिमालले बताउनुभएको छ ।