मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई सम्मान गरिँदै ।

हेटौंडाः बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहित नेवार समुदायका मन्त्रीहरु सम्मानित भएका छन् । नेवाः गुठी खलः मकवानपुरद्वारा शनिबार हेटौंडामा आयोजित विजया दशमीको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बधाई तथा सम्मान गरिएको हो ।

कार्यक्रममा मुख्यमन्त्री शाक्यसहित आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजयक्रान्ति शाक्य, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सरस्वती बाटी, सामाजिक विकास राज्यमन्त्री जुनेलीमाया श्रेष्ठलाई सम्मानित गरेको थियो । कार्यक्रममा बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

नेवाः गुठी खलः मकवानपुरका अध्यक्ष अनिल खड्गेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सल्लाहकार अशोक शाक्य, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश समिति सदस्य ललित घलान, नेवाः साँस्कृतिक पुचः मकवानपुरका अध्यक्ष विष्णुगोपाल महर्जन, नेवाः गुठी खलःका उपाध्यक्ष यज्ञबहादुर श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ, नेवा देय दवुका पूर्वअध्यक्ष देवप्रसाद श्रेष्ठ, मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष विन्द्रलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।