मंगलबार भएको खेलमा विजयी सनराइज युथ क्लब डुम्रेकुना टीम बी


हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका स्तरीय फुटसल प्रतियोगिता–२०७८ सुरु भएको छ । प्रतियोगिताको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले मंगलबार उद्घाटन गर्नुभएको थियो । गढी स्टार स्पोर्टस क्लबको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो ।

फुटसल प्रतियोगितामा २४ वटा टिम सहभागि भएको आयोजक सुभाष अधिकारीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्वितीय हुनेलाई ३५ हजार र तृतीय हुनले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

मंगलबाट सुरु भएको प्रतियोगितामा पहिलो दिन ६ वटा खेल खेलाइएको थियो । यस्तै बुधबारबाट दैनिक ८ वटा खेल खेलाउने तयारी गरेको आयोजक सुभाष अधिकारीले जानकारी दिनुभयो । मंगलबार भएको खेलमा सनराईज युथ क्लब डुम्रेकुना टिम बीले गढी–८ बुढिचौरलाई ४–३ ले पराजित गरेको छ ।