Home खेलकुद मकवानपुरगढी गाउँपालिका स्तरीय फुटसल सुरु

मकवानपुरगढी गाउँपालिका स्तरीय फुटसल सुरु

मंगलबार भएको खेलमा विजयी सनराइज युथ क्लब डुम्रेकुना टीम बी


हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका स्तरीय फुटसल प्रतियोगिता–२०७८ सुरु भएको छ । प्रतियोगिताको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले मंगलबार उद्घाटन गर्नुभएको थियो । गढी स्टार स्पोर्टस क्लबको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो ।

फुटसल प्रतियोगितामा २४ वटा टिम सहभागि भएको आयोजक सुभाष अधिकारीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्वितीय हुनेलाई ३५ हजार र तृतीय हुनले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

मंगलबाट सुरु भएको प्रतियोगितामा पहिलो दिन ६ वटा खेल खेलाइएको थियो । यस्तै बुधबारबाट दैनिक ८ वटा खेल खेलाउने तयारी गरेको आयोजक सुभाष अधिकारीले जानकारी दिनुभयो । मंगलबार भएको खेलमा सनराईज युथ क्लब डुम्रेकुना टिम बीले गढी–८ बुढिचौरलाई ४–३ ले पराजित गरेको छ ।

Exit mobile version