सामुहिक तस्बिर खिचाउँदै

हेटौंडाः हेटौंडा–७ र ८ नम्बर वडास्थित किरणचोक टोल विकास संस्था र किरणचोक आमा समूहको साधारणसभा शनिबार भएको छ । साधारणसभाले किरणचोक टोल विकास संस्थाको ११ औं साधारणसभाबाट अध्यक्षमा राजु अधिकारी ‘यात्री’ र आमा समूहको पाँचौं साधारणसभाबाट सावित्री अधिकारीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

साधारणसभाको अवसरमा टोल विकास संस्थाले ७ जना ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति १ हजार ५ रुपैयाँ नगदसहित सम्मान गरेको छ । यस्तै किरणचोककै सुरज स्याङ्बो, कोषाध्यक्ष गणेश प्रसाद पराजुुली र किरण सामुदायिक उपभोक्ता समितिलाई सम्मान गरिएको हो । टोल विकास संस्थामा १ सय ४ घरधुरी छन् भने आमा समूहमा १ सय ५ सदस्य छन् । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको साधारणसभामा उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीलाई पुरस्कृत गरेको छ ।