हेटौंडाः नेपाल निवृत्त शिक्षक समाज मकवानपुरले जिल्लाका १० वटै पालिकामा पालिकास्तरीय भेलाको आयोजना गर्ने भएको छ । संगठनको पालिकास्तरीय कमिटी पुनर्गठन समेत गर्ने गरी भेलाको आयोजना गर्ने निर्णय भएको हो ।
नेपाल निवृत्त शिक्षक समाज मकवानपुरले संस्थागत विकास र सांगठनिक सुधार तथा शिक्षक हकहितका निम्ति शनिबार अन्तरक्रिया समेत गरेको छ । अन्तरक्रियापछि संघीय संरचना अनुसारको विधान संशोधन गर्न ५ सदस्यीय विधान संशोधन सुझाव मस्यौदा समिति गठन गरिएको सचिव अभिमन्यू गौतमले जानकारी दिनुभएको छ ।
निवृत्त शिक्षक समाजमा आवद्ध सदस्यलाई प्रमाणपत्र वितरण तथा सम्मान पनि गरिएको छ । नेपाल निवृत्त शिक्षक समाज मकवानपुरका अध्यक्ष शिवदयाल यादवको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार अधिवक्ता अरुण खतिवडा, हरिप्रसाद सिग्देल, परशुराम गौतम लगायतले निवृत्त शिक्षक संगठनको आवश्यकताका बारेमा बोलेका थिए ।