हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट आइतबार ५३ जनाको स्वाब नमूना संकलन भएको छ ।
२६ जना महिला र २७ जना पुरुषको स्वाब नमूना संकलन भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो । उनीहरुको स्वाब नमूना कोरोना परीक्षण गर्न हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको उहाँले जानकारी दिनुभयो ।