हेटौंडाः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार मकवानपुरको मनहरी गाउँपालिकामा भएको अधिवेशनबाट सभापतिमा प्रकाश बर्ताैला निर्वाचित हुनुभएको छ । सभापति पदका प्रतिस्पर्धी शंकर न्यौपानेलाई २१ मतले पछि पार्दै बर्तौला गाउँपालिकाको सभापतिमा निर्वाचित हुनुभएको हो ।
प्रकाश बर्ताैलाले ८२ मत पाउनुभयो भने न्यौपानले ६१ मत पाउनुभयो । यस्तै कांग्रेस मनहरी गाउँपालिकाको उपसभापतिमा सूर्य बहादुर रोक्का र राजु थापा, सचिवमा अनन्त प्रकाश अर्याल, हरीचन्द्र शाहि ठकुरी, सहसचिव चट्टान स्याङ्तान र गंगा कोइराला सर्वसम्मत निर्वाचित हुनुभएको छ ।