सभापति निर्वाचित भएपछि सञ्जीव श्रेष्ठ समर्थकका साथमा ।

हेटौंडाः कांग्रेस भीमफेदी गाउँपालिकाको शनिबार भएको अधिवेशनमा संजिव श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन् । भीमफेदी गाउँपालिकाको सभापति पदमा मात्र मतदान भएको थियो । अन्य पदहरुमा सर्वसम्मत भएको निर्वाचन अधिकृत सुमन कुमार मानन्धरले जानकारी दिनुभयो ।

यस्तै भीमफेदी गाउँपालिकाको उपसभापतिमा जम्बर सिं वाइबा, रुद्र लामा, सचिवमा सुन्दर गोले, सुमित्रा थिङ, सहसचिवमा मञ्जु माया भ्लून र सुमित्रा नेगी सर्वमसम्मत चयन भएको निर्वाचन अधिकृत मानन्धरले जानकारी दिनुभयो ।