इलिशा पराजुली कक्षा ११, हेटौँडा स्कूल अफ मयानेजमेन्ट

संसारमा अथाह चिजबिज छन्
अथाह नदी, नाला हिमाल पहाड अनि
छन् प्रकृतिका सुन्दर सिर्जनाहरू
छन् जीवजन्तु अनेक प्राणी
ती खबै मध्य छौ सर्वश्रेष्ठ हामी मानव
पाएका छौ लेख्ने, पढ्ने, मनन , चिन्तन गर्ने शक्ति

सानैदेखि सिक्दै आएको पाठ,
सानालाई माया अनि ठूलालाई आदर गर
सहयोग गर, सबैको भलो चिताऊ
अनि बुवा, आमा, शिक्षकले सिकाए
शील, स्वभाव र संस्कार
तर, आज मानवले मानव कै गर्दैछ तिरस्कार
बुद्धिजीवि कहलिएका,
सर्वश्रेष्ठ ठहरिएका मानिसले छन् गर्दै
विकृतिपूर्ण कार्य
हत्या, हिंसा बलात्कार
बाबुबाट छोरीको,
काकाबाट भतिजीको,
प्रस्टरूपमा भन्नुपर्दा,
मानवको जलव लगाएको पशुबाट,
एक चोलीबेटीको, कसैको बेटाबेटीको

उता प्रेमको नाममा फालिएका छन्
कलिला मुहारमा एसिड, ‘छ्याप्प’
हुर्काइ, बढाई गर्दा सानोमा,
बाबा आमाले इत्ति छिसिक्क दाग लाग्न नदिएका
सन्तान माथि
लगाउॅंदैछन् पापीहरू गिद्दे नजर
त्यहीभएर आजभोलि म ‘मानव’ भन्न लर्बराउॅंछु
आफ्नै समूहका प्राणी देखेर डराउॅंछु

ठुल्ठूला हात पाखुरा अनि मस्त मस्तिष्क
भएर गर्नु के ?

सोच्ने सोचाई भएपछि, सङ्कीर्ण
मानवमा मानवताको देख्छु भाव
हराउॅंदै, बिलाउॅंदै, गएको सेलाउॅंदै
मानव आफैले च्यात्दैछ ममताको आँचल
नाघ्दै छ आफूले सिकेको संस्कारको दायरा
मानव परिवर्तित हुँदैछ
मानवरूपि दानवमा
त्यही भएर आजभोलि म
“मानव” भन्न डराउॅंछु
डराउॅंछु आफ्नै समूहका प्राणी देखेर ।