हेटौंडाः नेकपा एकीकृत समाजवादीको केन्द्रिय अध्यक्ष माधवकुमार नेपाल शनिबार हेटौंडा आउँनुहुने भएको छ । एमाले टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरको जिल्ला कमिटीको सपथ ग्रहण तथा नगर कमिटी घोषणा गर्न अध्यक्ष नेपाल हेटौंडामा आउन लाग्नुभएको हो ।
सामाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले आज शनिबार हुने भेलाको तयारी पूरा भएको जानकारी दिनुभयो । समाजवादी पार्टी मकवापनुरको अखिल नेपाल महिला संघको जिल्ला तथा नगर कमिटि र युवासंघको जिल्ला कमिटीलाई रुपान्तरण गर्ने कार्यक्रम रहेको पोखरेलले बताउनुभयो ।