नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालय । फाईल तस्विर ।

हेटौंडाः नेपाली कांग्रेस मकवानपुरले आज शनिबार १० वटै स्थानीय तहमा गाँउ–नगर अधिवेशन हुँदैछ । शुक्रबार १० वटै स्थानीय तहमा निर्वाचन अधिकृत खटाइएको कांग्रेस मकवापनुरका कार्यबाहक सभापति विष्णु लामिछानेले बताउनुभयो । मकवानपुरको १० स्थानीय तहमध्ये सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन हुने कांग्रेस मकवानपुरको कार्यबाहक सभापति विष्णु लामिछानले बताउनुभयो ।

भाद्र २० गते भएको वडाअधिवेशनले मकवानपुरको १०२ वडाबाट क्षेत्रिय प्रतिनिधिमा १८ सय ३४ जना चयन गरेको थियो । मकवानपुरको हेटौंडा उपमहानगरमा भने कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष र रामचन्द्र पौडेल पक्षधरका नेताहरुले नगर सभापतिमा आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन् । हेटौंडा उपमहानगर सभापतिमा देउवापक्षका उत्सब इटेनी र रामचन्द्र पौडेल गुटका महेन्द्र राउत प्रतिस्पर्धामा छन् । उनीहरु दुवैलाई सहमति गराउने प्रयास जारी भएपनि शुक्रबार सहमति हुन नसकेपछि हेटौंडामा मतदान हुने भएको कांग्रेस मकवानपुर पार्टी प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो । हेटौंडामा ४ सय २० जना क्षेत्रिय प्रतिनिधिले मतदान गर्न पाउँनेछन् ।

यसैगरी मकवानपुरको थाहा नगरपालिकाको १२ वडाबाट १९८ जना क्षेत्रिय प्रतिनिधि, मकवानपुरगढीमा १ सय ३७, राक्सिराङ १ सय ५४, कैलाश १ सय ७९, ईन्द्रसरोवर ७८, भीमफेदी १ सय ५७, बकैया १ सय ९४, बागमती १ सय ५४ र मनहरी १६३ जना क्षेत्रिय प्रतिनिधिले मतदान गर्न पाउँनेछन् । यसमध्ये काग्रेस मकवानपुर सभापति, संघीय सभापतिसहित ७ जना क्षेत्रीय प्रतिनिधि थप हुने कांग्रेस मकवानपुरले को पार्टी प्रवक्ता कोइरालाले बताउनुभयो ।