हेटौंडा : भीमफेदी गाउँपालिकाको आधारभुत स्वास्थ्य केन्द्रको वार्षिक समीक्षा सम्पन्न भएको छ ।

वार्षिक समिक्षा कार्यक्रममा सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सम्बन्धी सेवा, यस्तै अन्य स्वास्थ्य केन्द्रबाट दिने सेवाहरु कुन सेवा कति सेवा ग्राहीले सेवा लिए भनेर असोज ७ र ८ गते २ दिने समिक्षा कार्यक्रम सम्पन्न भएको भैँसे स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुख एलिजा पुडासैनीले जानकारी दिनुभयो ।
भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती रानाको अध्यक्षतामा भएको समीक्षामा कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा भीमफेदी स्वास्थ्य केन्द्रका संयोजक रामनाम थिङ र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।