हेटौंडाः हाँस्यव्यङ्ग्य साहित्य विधाको विकासका लागि स्थापित सिस्नुपानी नेपालको मकवानपुर जिल्ला शाखा अध्यक्षमा राजकुमार लामिछाने चयन हुनुभएको छ । शुक्रबार हेटौंडा–४ स्थित साहित्य संगम–सिस्नुपानीको सभाकक्षमा भएको भेलाले लामिछानेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला शाखा सर्वसम्मत चयन गरेको हो ।
२०७४ सालमा ‘पुत्लाको पावर’ शीर्षकको हाँस्यव्यङ्ग्य कृति प्रकाशित गर्नुभएका लामिछानेको दोस्रो कृति प्रकाशोन्मुख छ । यसअघि उपाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका लामिछानेले सर्वसम्मत अध्यक्ष हुनुभएपछि हाँस्यव्यङ्ग्य विधाको साहित्यको विकासमा सिस्नुपानी मकवानपुरलाई हाँस्यव्यङ्ग्य साहित्यको विकास गर्ने प्रमुख संस्थाको रुपमा स्थापित गर्ने बताउनुभएको छ ।
भेलाले सिस्नुपानी मकवानपुरको उपाध्यक्षमा मीनप्रसाद लामिछाने, सचिवमा गोबिन्द पौडेल, कोषाध्यक्षमा शुभद्रा हुमागाई चयन हुनुभएको छ । यस्तै सदस्यमा चिरञ्जीवी लामिछाने, सानुभाइ बिश्वकर्मा र सम्प्रस पौडेल चयन हुनुभएको छ । निजामति सेवामा रहनुभएका लामिछाने हेटौंडा–४ निवासी हुनुहुन्छ ।