संविधान सभा सदस्य प्रल्लाद लामिछाने

हेटौंडाः नेकपा एमाले प्रदेश कमिटी सदस्य प्रल्हाद लामिछाने नेकपा माओवादी केन्द्रमा फर्केका छन् । संविधान सभा सदस्य लामिछाने यसअघिको चुनावमा माओवादीबाट एमाले प्रवेश गरेका व्यक्ति हुन् ।

माओवादीबाटै चुनाव जितेर संविधान सभा सदस्य बनेका लामिछाने लामो समयदेखि एमालेमा पार्टी प्रवेश गरेर बसेका थिए । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लामिछानेसहित एमाले र जसपाका नेताहरु प्रेम वाइबा, सुजन थापा कृष्ण कार्की लगायत २ दर्जन नेताहरु माओवादीमा प्रवेश गराएको माओवादी मकवापनुरका प्रवक्ता कमान सिंह पाख्रिनले जानकारी दिनुभयो ।