हेटौंडाः बागमती प्रदेशको सामाजिक विकास मन्त्री विजय सुवेदीले आफ्नो आचारसंहिता २०७८ लागू गर्नुभएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सामाजिक विकास मन्त्रीको आचारसंहिता लागू गर्नुभएको हो ।

उहाँले आचारसंहितामा आफ्नो हस्ताक्षर गर्दै आचारसंहिता लागू भएको सार्वजनिक गर्नुभएको हो । यसअघि बागमती प्रदेशले प्रदेश सरकारका मन्त्री तथा राजनीतिक पदाधिकारीहरुको आचारसंहिता २०७८ जारी गरेको थियो । सोही आचारसंहिता बमोजिम मन्त्री सुवेदीले मन्त्रीको भूमिकालाई जनमूखि तथा उत्तरदायी बनाउन आचारसंहिता जारी गरेको बताउनुभयो । सामाजिक विकास मन्त्री सुवेदीले १५ बुँदे आचारसंहिता लागू गर्नुभएको छ ।