बकैया: मकवानपुरको पूर्वी बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले गाउँपालिका बालश्रम मुक्त गाउँपालिका घोषणाको तयारीमा रहेको बताएकी छन् ।
आज बाल दिवसको अवसरमा बकैया ३ हात्तीसँडेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष बोलखेले गाउँपालिकाले बालबालिकाहरुको क्षेत्रमा विभिन्न कामहरु गरिरहेको बताईन् । उनले केहि महिना अघि बालमैत्री गाउँपालिका घोषण भएको बताउँदै गाउँपालिकालाई मकवानपुरकै पहिलो बालश्रम मुक्त गाउँपालिका घोषणाको तयारी भएको बताईन् ।