
हेटौंडाः नेपाल बाल संगठन मकवानपुरले बाल दिवसको अवसरमा बाल गृहमा विभिन्न कार्यक्रमको अयोगजना गरेर मनाएको छ । बाल संगठन मकवानपुरका सभापति अशोक सारु मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा भिमफेदी गाउँपालिका– ६ का वडा अध्यक्ष सिताराम थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
बाल गृहमा चित्रकला, हाजिरजवाफ र नृत्य प्रतियागिता आयोजना गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने बालबालिकालाई पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा सहभागी बालबालिकाहरु मध्ये हाजिरजवाफ तर्फ विष्णु मण्डल प्रथम भएका छन् । यस्तै बासु राई द्वितीय र कृष्ण मगर तृतीय भएका छन् । चित्रकलातर्फ बासुदेव राई, सुमित भण्डारी, शान्ता जिरेर क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् । यस्तै एकल नृत्यतर्फ पुर्णिमा थिङको समुहमा मनिषा सार्की, पुष्पा योञ्जन प्रथम भए भने बिनिसा खड्का द्वितीय, लक्ष्मण थापा तृतीय भएका थिए ।