हेटौंडाः बागमती प्रदेशको प्रदेश सुशासन केन्द्रको आयोजनामा स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई २ दिने कार्यशाला गोष्ठीको मकवानपुरको पालुङमा सुरु भएको छ ।
प्रदेशको चिवतन, धादिङ, मकवानपुर र काठमाडौंको स्थानीय तहको प्रमुख तथा प्रमुख प्रकासकीय अधिकृतहरुको लागि सार्वजनिक खरिद व्यवस्थापन, लेखापरीक्षण तथा सुशासन सवालको २ दिने कार्यशाला गोष्ठीको बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मंगलबार उद्घाटन गर्नुभएको हो ।
गोष्ठी मंगलबार र बुधबार हुने प्रदेश सुशासन केन्द्रका निर्देशक दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो ।