हेटौंडाः हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मंगलबार भएको बक्तृत्वकला प्रतियोगितामा कक्षा–१० की रुपा समाल प्रथम भएकी छिन् । बालदिवसको अवसरमा राष्ट्रिय सहकारी बैंकद्धारा विद्यालयमा गठित सहकारी बालक्लबकोे आयोजनामा गरिएको कक्षा ९ र कक्षा १० का मावि स्तरीय प्रतियोगितामा रुपा प्रथम भएकी हुन् ।
यस्तै कक्षा १० का धर्ममराज यादव द्वितीय र कक्षा ९ का ओम मित्र तृतीय भएको छ । प्रतियोगितामा विद्यालयका कक्षा ९ र १० बाट ५ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । विद्यार्थीहरुले बालबालिकाको शिक्षामा कोभिड १९ को असर विषयमा आफनो कला प्रस्तुत गरेको हुन् । प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण भने राष्ट्रिय सहकारी बैैंक मकवानपु्र शाखाले केही दिनमै गर्ने जनाएको छ ।
कार्यक्रममा भुटनदेवी माविका प्रधानाध्यापक माधव दाहाल, राष्ट्रिय सहकारी बैंक, मकवानपुर शाखाका प्रमुख रामेश्वर अर्याल लगायत शिक्षक विद्यार्थीहरुको उपस्थिति थियो ।