फाइल तस्वीर ।

हेटौंडा : हेटौंडा – १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट मंगलबार ३५ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।

१८ जना पुरुष र १७ जना महिलाको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो । मंगलबार कोरोना परिक्षणको लागी स्वाब सङ्कलन गराएकाहरुको कोरोना परिक्षणको रिपोर्ट बुधबशार दिउँसो २ बजे आउँने चौलागाईले बताउनुभयो ।