हेटोंडाः हेटौँडाकी सुस्मिता केसी (थापा)को हत्या भएको १ बर्ष भयो । उनको हत्या आरोपितमा उनको ससुरासहित ४ जना अहिले कारागारमा छन् । हत्या आरोपी ससुरा प्रकाश थापालाई भीमफेदी कारागार, सासू तुलसाकुमारी थापा, जेठी नन्द दुर्गा थापा कार्की र कान्छी नन्द सीता थापालाई चितवन कारागार राखिएको छ ।
सुस्मिताको जेठी नन्द दुर्गा र उनका श्रीमान् अरुण कार्कीलाई हत्याको षड्यन्त्र बनाएको दाबीसहित २५ वर्ष कैद माग गर्दै अदालतमा अभियोग दायर गरिएको थियो । कार्की यसअघि फरार भएपनि मुद्धाको अन्तिम फैसाल आउने समय नजिक आएसँगै अदालतमा सोमबार हाजिर भएका हुन् । उनलाई प्रहरीले आज पनी अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।
सुस्मिताको गत असारमा घरको भान्सा कोठामा ससुरा प्रकाश र नन्द सीताले काठको लौरो प्रहार गरेर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।