हेटौंडाः नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्षमा बद्रि लम्साल चयन हुनुभएको छ । आज बसेको एमालेका मकवानपुर जिल्ला कमिटीको बैठकले अध्यक्षमा लम्साल, उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा एकलाल श्रेष्ठ, उपसचिवबमा लालबहादुर थापा सहित ३२९ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

जिल्ला कमिटीको बैठकमा पोलिट्ब्युरो सद्स्य एवम बागमती प्रदेश सह–इन्चार्ज कमरेड काशीनाथ अधिकारी, केन्द्रिय सदस्य एबम बागमती प्रदेश सह-इन्चार्ज, जिल्ला इन्चार्ज रामेश्वर राना, निबर्तमान मुख्यमन्त्री डोरमणी पौडेल, सांसद हरु कृष्ण दाहाल, रामचन्द्र राई, एमाले बागमती सङ्गठन प्रमुख अनन्त पौडेल,संविधान सभा सदस्य सुबास चन्द्र ठकुरी, जिसस प्रमुख रघुनाथ खुलाल, एकराज उप्रेती, सामाजिक बिकास राज्यमन्त्री जुनेली श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।