हेटौंडाः जनता सामाजवादी पार्टी नेपालले मकवापनुरमा शनिबारबाट सुज अभियानको सुरुवात गरेको छ । संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानकाको मकवानपुरमा जसपाको केन्द्रिय कार्यकारिणी सदस्य डम्बर खतिवडाले उद्घाटन गर्नुभएको छ । उहाँले जसलाई अब अन्य पार्टीहरु कांग्रेस, एमाले जस्तो नभएर वैकल्पिक पार्टीको रुपमा हेरिएको बताउनुभयो । केन्द्र, प्रदेश तहमा सुदृढिकरण भएसँगै अब जिल्ला तथा स्थानीय तहमा जसपा पुग्ने खतिवडाले बताउनुभयो ।

यस्तै जसपाका केन्द्रिय सदस्य शुभरत्न गोलेले नेपालको संविधान संशोधन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले संविधान जारी गर्ने समयमा आफ्नो पार्टीको असहमति कुराहरु हुँदाहुँदै जारी भएको भन्दै ६२÷६३ पछिको आन्दोलबाट प्राप्ती भएको संस्थागत गर्नुपर्ने बताउनुभयो । उहाँले जसपा विचारमा पनि क्लिियए भएको भन्दै अबको राजनीतिको बैकल्पिक पार्टीको रुपमा उदय गर्ने बताउनुभयो । जसपाको समाजवाद देशको माटो सुहाउँदो, जनताको भावना सुहाउँदो हुने भन्दै अन्य पार्टीको जस्तो नाम समाजवादी सबै काम पुँजिवादी जस्तो नहुने बताउनुभयो ।

यता समाजवादीका नेता राजेन्द्र सिम्खडाले मकवापनुरमा जसपालाई उत्कृष्ट पार्टी बनाउने बताउनुभएको छ । उहाँले आवश्यक सुदृढिकरण पछि जसपा बलियो पार्टीको रुपमा अझै सशक्त भएर आउने विश्वास व्यक्त गर्नुभयो । यसैरी जसपाकाको केन्द्रिय सल्लाहाकार समिति सदस्य डिभि बत्तैलालाले कछुवाको गतिमा जसपा मकावनपुरमा अघि बढेको भन्दै खरायोको गतिमा अघि बढाउनुपर्ने बताउनुभयो । जसको सुज अभियानबाट पार्टीमा आत्माकासाथ लाग्ने इमान्दार व्यक्तिहरु नै भोलि पार्टीको ठुलो पद र सांसद मन्त्री बन्ने उहाँले बताउनुभयो । जसपा तल्लो तहबाट नभएर माथिल्लो तहबाटै सुदृढ भएर आउने पर्ने थापाले बताउनुभयो । पार्टीलाई क्रियाशिल बनाउन अब युवाहरु तात्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रमको सभाध्यक्ष तथा जसपाको सुज अभिमुखखिकरण कार्यक्रमको संयोजक विद्युत बज्राचार्यले पार्टीको निर्णय अनुसार भाद्र १ गतेबाट मंसिर महिनासम्म सुज अभियान लागू हुने बताउनुभयो पार्टीको सदस्य संख्या ठुलो भएकोले ४ महिनामा सदृढीकरण हुने बताउनुभयो । उहाँले पार्टीको धारणा स्पष्ट बनिसकेको भन्दै जिल्ला र स्थानीय तहमा जसपालाई बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो ।