राप्रपाका युवा नेता पक्राउको विरोधमा हेटौंडामा निकालिएको मसाल जुलुस ।

हेटौंडाः राप्रपा सम्बद्घ युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (राप्रयुसं) का नेताहरुलाई पक्राउ गरेको विरोधमा हेटौंडामा युवक संगठनले मसाल जुलुस निकालेको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि विरोध प्रदर्शन गर्दा प्रहरीले राप्रपा सम्बद्ध युवा संगठनका नेताहरुलाई मंगलबार पक्राउ गरेको थियो । युवा नेता पक्राउको विरोध गर्नुका साथै एमसीसी परियोजनाको पनि विरोध गर्दै मसाल जुलुस निकालेको हो ।

दूतावास अगाडि प्रदर्शनमा उत्रिएका युवा नेताहरु कैलाश कट्टवाल, मणि सिम्खडा, गुण राजभण्डारी, नागेन्द्र देउजा लगायतलाई प्रहरीले पक्राउ गरेको छ । आफ्ना नेता पक्राउ परेको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको राप्रपा युवा संगठन मकवानपुरका भृगु कार्कीले जानकारी दिनुभएको छ ।