हेटौंडाः मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन मिति तोकिएको छ । उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवालले आउँदो कात्तिकको ७, ८ र ९ गते साधारणसभा र निर्वाचन हुने मिति तय भएको जानकारी दिनुभयो ।
यसअघि गत वर्षको चैत्र २३ र बैशाख १८ मा हुने भनिएको चुनाव स्थगित भएको थियो । जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि यसअघि घोषित निर्वाचन स्थगित गरिएको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्वाचन गर्न अनुमति दिएको थिएन । कात्तिकमा जनस्वास्थ्यको मापदण्ड पालना गरेर साधारणसभा तथा निर्वाचन सम्पन्न गर्ने अध्यक्ष कटुवालले बताउनुभयो ।
मकवापनुर उद्योग वाणिज्य संघको अध्यक्षका प्रत्यासीहरुमा राजकुमार न्यौपाने, महेन्द्र राउत र कृष्ण अग्रवाल मैदानमा देखिएका छन् । उनीहरुले आ–आफ्नो प्यानलसमेत सार्वजनिक गरिसकेका छन् ।